ANARMANI PUBLIC CAMPUS

१९औँ वार्षिक साधारण सभा, सम्मान तथा छात्रवृत्ति वितरण कार्यक्रममा हार्दिक निमन्त्रणा

5 day(s) ago

यस अनारमनी पब्लिक क्याम्पस, बिर्तामोड–३, झापा को १९औँ वार्षिक साधारण सभा, सम्मान तथा छात्रवृत्ति वितरण कार्यक्रम निम्न मिति, समय र स्थानमा आयोजना हुन गइरहेको हुँदा क्याम्पसका सञ्चालक समिति, प्राध्यापक तथा कर्मचारी, विद्यार्थी, अभिभावक, पूर्वविद्यार्थी, शुभेच्छुक एवं सम्पूर्ण महानुभावहरूमा गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ।

📅 मिति: २०८३ साल भाद्र १९ गते, शुक्रबार
समय: बिहान १० बजे
📍 स्थान: अनारमनी पब्लिक क्याम्पस, बिर्तामोड–३, झापा

कार्यक्रममा सम्मान तथा छात्रवृत्ति वितरण लगायत विविध सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिनेछ।

यहाँको गरिमामय उपस्थितिले कार्यक्रमको शोभा बढ्ने विश्वास लिएका छौँ।

अनारमनी पब्लिक क्याम्पस
बिर्तामोड–३, झापा